global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ७० जना पत्रकारलाई इन्जाको लेखनवृत्ति

७० जना पत्रकारलाई इन्जाको लेखनवृत्ति

७० जना पत्रकारलाई इन्जाको लेखनवृत्ति

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाले पहिलो चरणको कार्यक्रमअन्तर्गत कोभिड १९ बाट प्रभावित ७० जना पत्रकारलाई लेखनवृत्ति प्रदान गर्ने भएको छ । इन्जाले कोरोनाको बहनामा जागिरबाट निकालिएका, बेतलबी बिदामा बस्न बाध्य पारिएका, काम गरेर पनि तलब नपाएका, पत्रकारिता क्षेत्रमै रहेर काममा नरहेका पत्रकारलाई लेखनवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।

इन्जाको वेबसाइट, सामाजिक सञ्जाल र अन्य माध्यममार्फत लेखनवृत्तिका लागि फाराम भर्न गत महिना आह्वान गरिएको थियो । सोही आह्वानअनुसार प्राप्त नामावलीबाट इन्जा एसियाको प्रस्तावमा इन्जा ग्लोबल बैठकले स्वीकृत गरेपछि प्रक्रिया अगाडि बढाइएको हो ।

इन्जा एसियाका अध्यक्ष एवं ग्लोबल उपाध्यक्ष वरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा बसेको सल्लाहकारसहितको बैठकले लेखनवृत्ति प्राप्त गर्ने पत्रकारले एक हप्ताभित्र फिचर आर्टिकल तयार गरिसक्नुपर्ने निर्णय गरेको छ । मुलुकको परिस्थितिलाई मध्यनजर गर्दै आर्थिक क्षेत्रमा परेको प्रभाव, सामाजिक न्याय, लैँगिक हिंसा, प्रेस स्वतन्त्रतामा परेको असर, स्वास्थ्य, शिक्षालगायतका विषयमा दुईवटा फिचर लेख्नुपर्नेछ ।

प्रकाशित समय : ०१:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु