global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ एनआइसी एशिया बैंकको कार्डमार्फत अनलाइन भुक्तानी गर्दा २५ प्रतिशतसम्म नगद फिर्ता

एनआइसी एशिया बैंकको कार्डमार्फत अनलाइन भुक्तानी गर्दा २५ प्रतिशतसम्म नगद फिर्ता

एनआइसी एशिया बैंकको कार्डमार्फत अनलाइन भुक्तानी गर्दा २५ प्रतिशतसम्म नगद फिर्ता

एनआइसी एशिया बैंकले ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा चाडपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्न चाहने ग्राहकहरूका लागि आकर्षक नगद फिर्ता (Cash Back) को योजना सार्वजनिक गरेको छ ।

उक्त आकर्षक योजनाअन्तर्गत Sastodeal, Gyapu Marketplace, Thulo Pasal, Infistore, Okdam र Kalmart  जस्ता ई–कमर्शबाट बैंकका ग्राहकहरूले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । नेपालमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच चाडपर्वका बेला अझ वृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट जुनसुकै सामग्रीहरू खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो ।

पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकहरूको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै यस बैंकले Sastodeal र Gyapu Marketplace मा २० प्रतिशत वा रू.२००० सम्म, Kalmart मा २५ प्रतिशत वा रू.१५०० सम्म तथा Thulo Pasal, Infistore र Okdam मा १५ प्रतिशत वा रू.१००० सम्म नगद फिर्ता हुने व्यवस्था गरेको छ । यस बैंकमा आबद्ध ग्राहकहरूले २७ असोज देखि १ कार्तिक २०७७ सम्म ई–कमर्शहरूबाट किनमेल गर्दा डिजिटल भुक्तानी गरी उक्त नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

चाडपर्वको अत्यावश्यक किनमेललाई सहज एवं सुलभ बनाउनका निमित्त बैंकले उक्त ई–कमर्शहरूसँग समझदारी गरी आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हुँदा सो अवसरबाट ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ । साथै यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको iServe मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन बैंकको अनुरोध छ ।

बैंकले कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे Cybersource मार्फत जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा जारी गरिएको कार्डहरूमार्फत अनलाइन रुपमा भुक्तानी प्राप्त गर्न सकिने सुविधा ल्याएको हुँदा इच्छुक मर्चेन्टहरूले आफ्नो व्यवसायमा यस बैंकको Cybersource अनलाइन भुक्तानी प्रणाली जोडी ग्राहकहरूको भुक्तानी रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । बैंकले ल्याएको यस नवीनतम सेवाले भविष्यमा विभिन्न ई–कमर्शहरूसँग विभिन्न नगद फिर्ताको योजनामा सहकार्य गर्दै ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्ने यस बैंकले लक्ष्य लिएको छ ।

बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न आफ्ना विभिन्न योजनाहरू जस्तै ई–कमर्शमार्फत किनमेल, Happy Hour, Super Six Campaign आदिबाट ग्राहक महानुभावहरूलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्दै आएको छ । बैंकले आफ्नो डिजिटल फस्ट बैंक बन्ने रणनीति अनुरुप विभिन्न सेवा तथा सुविधाहरूलाई डिजिटलमैत्री बनाउदै ग्राहक महानुभावहरूलाई समेत डिजिटल कारोबार तथा सेवा तर्फ आकर्षित गरिरहेको छ । यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ । साथै ग्राहक महानुभावहरूले मोबाइल बैंकिङबाट भुक्तानी गर्दा ज्बउउथ ज्यगच योजनाबाट रू. ४००।–, Happy Hour योजनाबाट रू. ५००।– तथा अनलाइनबाट खाता खोली पहिलोपटक मोबाइल बैंकिङमार्फत कारोबार गर्दा रू. ५००।– गरी मासिक रुपमा रू. १,४००।– सम्मको नगदफिर्ता प्राप्त गर्ने योजना समेत बैंकले सञ्चालन गरिरहेको छ । स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै डिजिटल कारोबार गर्ने व्यक्तिहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच डिजिटल माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको Digital Nepal Framework अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकहरूलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई Cashless Economy बनाउन सहयोग पुर्‍याउन बैंकले यस प्रकारका योजनाहरू कार्यान्वयनमा ल्याइरहेको छ ।

प्रकाशित समय : ०१:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु