गृहपृष्ठ ट्रम्प र उनका समर्थक मास्कबिनै चुनावी सभामा
ट्रम्प र उनका समर्थक मास्कबिनै चुनावी सभामा
झण्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरि सहभागी हुन थालेका छन् । कोरनोभाइरस संक्रमण पुष्टि भएपछि उनी केही दिन अस्पतालमा र केही दिन राष्ट्रपति निवासमा मात्रै रहेका थिए । सार्वजनिक कार्यक्रमहरुमा सहभागी भएका थिएनन् ।
त्यसपछि सोमबार पहिलोपटक उनी फ्लोरिडामा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा उनस् मास्क विना सहभागी भएका थिए भने भिडमा रहेका अन्य अधिकांश सहभागीहरुले पनि मास्कको प्रयोग गरेका थिएनन् ।
उनले कार्यक्रममा जोडतोडका साथ भाषण गर्दै आफू स्वस्थ भइसकेको र आफूलाई कुनै शारीरिक वा स्वास्थ्यसम्बन्धी समस्या नरहेको दावी गरेका थिए । उनले प्रतिस्पर्धी जोन बाइडनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको र सञ्चारमाध्यमलाई पनि पक्षपाती भएको आरोप लगाए । उनले आगामी चार दिनमा निर्वाचनका बेला कडा टक्कर हुने भनिएका चारवटा राज्यमा भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति ट्रम्पलाई ११ दिन अगाडि कोरोनाको लक्षण देखा परेको थियो । गत आइतबार मात्रै उनी संक्रमणमुक्त भइसकेको उनका निजी चिकित्सकहरुले बताएका थिए ।

प्रकाशित समय : २१:५९ बजे



















