global ime bank Long Banner Ad

गृहपृष्ठ महालक्ष्मी विकास बैंकले ब्याज रकममा छुट गर्ने

महालक्ष्मी विकास बैंकले ब्याज रकममा छुट गर्ने

महालक्ष्मी विकास बैंकले ब्याज रकममा छुट गर्ने

महालक्ष्मी विकास बैंकले असोज मसान्तभित्र तिर्नुपर्ने ब्याज भुक्तानी गरेमा भुक्तानी भएको ब्याज रकममा १० प्रतिशत छुट गर्ने भएको छ । बैंकबाट ऋण लिएका ग्राहकहरुलाई कोरोनाभाइरस (कोभिड- १९)का कारण उत्पन्न असहज परिस्थितिमा राहत पुर्‍याउने उद्देश्यले त्यस्तो छुट योजना ल्याएको बैंकले जनाएको छ ।

बैंकले ब्याज रकममा १० प्रतिशत छुट असोज मसान्तभर प्रदान गर्नेछ । ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारिताको कदर गर्दै बैंकले केही कर्जाहरुमा ब्याजदर समेत घटाएको छ ।

देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३४ वटा एटीएममार्फत बैंकले सेवा प्रदान गरिरहेको छ । बैंकको ग्राहक संख्या करिब ५ लाखभन्दा बढी रहेको छ ।

प्रकाशित समय : २१:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु