गृहपृष्ठ थप १ हजार ५०३ डिस्चार्ज, हालसम्म ७८ हजार ७८० जनाले जिते कोरोना
थप १ हजार ५०३ डिस्चार्ज, हालसम्म ७८ हजार ७८० जनाले जिते कोरोना
नेपालमा कोरोनाभाइरस संक्रमित बढ्ने क्रमसँगै डिस्चार्ज हुनेको संख्या पनि दिनहुँ बढिरहेको छ । हालसम्म देशभर ७८ हजार ७८० जनाले कोरोना जितिसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ५०३ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले जनाएको छ ।
यसअघि, सोमबार १ हजार ४७३ जना डिस्चार्ज भएका थिए । आइतबार डिस्चार्ज हुनेको संख्या १ हजार ५५२ थियो ।
बितेको २४ घण्टाभित्र १५ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५५६ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १ लाख १५ हजार ३५७ जना पुगेको छ । यसमध्ये सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ ।
पछिल्लो २४ घण्टामा काेराेनाबाट थप १८ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ६६३ पुगिसकेकाे छ ।
प्रकाशित समय : २२:१५ बजे


















