काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मोटरसाइकल ठोक्किँदा कैलालीमा एकजनाको मृत्यु

10.69K
shares

कैलालीमा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । गौरीगंगा नगरपालिका-९ शंकरपुरमा गए राति सुपप्र ०१-००९ प ७८९१ र से७प ११४७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा से७प ११४७ नम्बरको मोटरसाइकलका चालक रामअवतार कठरियाको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलमा सवार कैलारी गाउँपालिका-८ का २० वर्षीय आशिष कठरियाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा सुपप्र ०१-००९ प ७८९१ नम्बर मोटरसाइकलका चालक गौरीगंगा-९ शंकरपुरका २७ वर्षीय रमेश चौधरी पनि घाइते भएका छन् । चौधरीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको कैलालीका डीएसपी बेदप्रकाश जोशीले जनकारी दिए ।