काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ह्विलचियर नहुँदा समस्या

756
shares

ai logo सारांश

  • तिला गाउँपालिका–१, रारा गाउँकाप्रकाश रावतलाई ह्लिचियर नहुँदा समस्या भएको छ ।

जुम्ला । तिला गाउँपालिका–१, रारा गाउँकाप्रकाश रावतलाई ह्लिचियर नहुँदा समस्या भएको छ ।

पूर्ण रूपमा शारीरिक अपाङ्गता भएका आड वर्षीय रावतलाई सहायक सामग्री अर्थात् ह्लिचियरको अभावमा हिँड्डुल गर्न कठिन भएको प्रकाशका बुबा जग्गबहादुर रावतले जानकारी दिए ।

उनले भने, “छोराले बोल्ने र हिँडडुल गर्न सक्दैन, घर परिवारको एक जनाको साहरा चाहिन्छ । सहायक सामग्री अभावहुँदा निकै कष्ट सहनुपरेको छ ।”

पाँच वर्ष अगाडि आईएनएफ नेपालले प्रकाशलाई एक ह्लिचियर प्रदान गरेको थियो । अहिले बिग्रिएर कामै नलाग्ने अवस्थामा पुगिसकेको छ । नयाँ ह्लिचियरका लागि स्थानीय सरकार र गैरसरकारी सङ्घसंस्थालाई माग गर्दा पनि सुनुवाइ भएको छैन ।

नजिकको सरकार भनेकै गाउँपालिका हो । पालिकालाई ह्विलचेयरलगायत सहायक सामग्री उपलब्ध गरेको छैन । स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिका लागि केही बजेट विनियोजन नभएको रावतले बताए ।

अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्री, आयआर्जन, सीपमूलक कार्यक्रमका लागि यो वर्षबाट बजेटको व्यवस्थापन गरिने तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए ।

स्थानीय नन्दप्रसाद धितालले मापदण्ड अनुरूपका अपाङ्गमैत्री सरकारी संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिलाई सेवा लिन सङ्घर्ष गर्नुपरेको बताए ।