nmb bank

गृहपृष्ठ पहिरो खसेपछि बुटवल-पाल्पा सडक अवरूद्ध

पहिरो खसेपछि बुटवल-पाल्पा सडक अवरूद्ध

पहिरो खसेपछि बुटवल-पाल्पा सडक अवरूद्ध

ढुंगासहितको पहिरो खसेपछि बुटवल-पाल्पा सडक खण्ड अवरूद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्डको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा बुधबार बिहान ढुंगासहितको पहिरो झरेको हो ।

पहिरो खसेपछि सिद्धार्थ राजमार्गहुँदै बुटवलबाट पाल्पा, गुल्मी जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा रोकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवलदेखि दोभानसम्मको करिब ८ किलोमिटर सडक खण्डमा हिउँद होस् वा वर्षा हिले र धुले पहिरो झर्दा यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । यसअघि माथिल्लो सिद्धबाबा मन्दिरदेखि अगाडिको भागमा पहिरो झर्दै आएकोमा बुधबार बिहान भने माथिल्लो सिद्धबाबा मन्दिरदेखि तल्लो भागमा पहिरो झरेको हो ।

अप्ठ्यारो र ठूलो चट्टान सहितको पहरो बीचमा रहेको सडकमा पहिरो झर्न थालेपछि सरकारले सिद्धबाबा सुरूङमार्ग निर्माण गर्दैछ ।

प्रकाशित समय : १५:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु