काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाढीपीडितलाई आर्थिक सहयोग

651
shares

पर्वत । कालीगण्डकीमा गत असोज १० र ११ गतेको बाढीबाट विस्थापित पर्वतको विहादी गाउँपालिका– ६ सेती वेणीबजारका व्यावसायीलाई पर्वत उद्योग वाणिज्य सङ्घले आर्थिक सहयोग गरेको छ ।

सङ्घको व्यवसायी कल्याणकारी कोषबाट उनीहरुलाई नगदसहित खाद्यान्न सहयोग गरिएको हो । स्थानीय आठ जना व्यवसायीलाई जनही १० हजारका दरले ८० हजार आर्थिक सहयोग गरिएको सङ्घका अध्यक्ष ठाकुरवि पौडेलले जानकारी दिए ।

उनिहरुलाई नगद सहयोगसँगै नौ थान सोलार सेटसमेत प्रदान गरिएको छ । त्यसैगरी बाढीवाट समस्यामा परेका स्थानीयवासी, विद्यालय र प्रहरी चौकीलाई सहयोग गरिएको अध्यक्ष पौडेलले बताए । उनका अनुसार २० बोरा चामल २० कार्टुन चाउचाउ, २० थान राहत प्याकेजजस्ता सामग्री सहयोग गरिएको हो ।

अध्यक्ष पौडेलले कालीगण्डकी बाढीबाट ठूलो नोक्सानी व्यहोरेका व्यावसायीलाई तत्कालका लागि पुनःस्थापित हुन सहज होस् भन्ने उद्देश्यले प्रभावित क्षेत्रमै पुगेर राहत प्रदान गरिएको बताए।

पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा अवथित सेतीवेणीबजारमा बाढीले झण्डै २० करोडभन्दा बढीको क्षति पु¥याएको थियो । बाढीबाट पर्वततर्फ नौ घर भत्किएको, ३० वटा व्यवसायमा क्षति पुगेको तथा स्याङ्जातर्फ पनि २० भन्दाबढी पसल तथा घर बगाएको थियो ।

यसअघि पर्वत उद्योग वाणिज्य सङ्घको सहयोगमा जिल्लाका १०० बाढीपीडित परिवारलाई खाद्यान्न र अन्य राहत सामग्री सहयोग गरेको थियो । यस्तै विभिन्न सङ्घसंस्थालाई सोलार बत्तीसमेत सहयोग गरिएको सङ्घका वरिष्ठ उपाध्यक्ष कमलबहादुर जिसीले जानकारी दिए ।

बाढीले खण्डहर बनेको सेतीवेणी बजार अहिले सुनसान बनेको छ । त्यहाँका व्यवसायी अहिले पनि विद्यालयमा आश्रय लिएरकाले तत्काल पुनःस्थापना र पुनर्वासको माग गरिएको छ ।