काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाण्डौं गोर्खाजले दियो जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य

462
shares

ai logo सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा काठमाण्डौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ ।
  • जनकपुर दोस्रो खेल खेल्दैछ भने काठमाडौं पहिलो खेल खेलिरहेको हो ।
  • जनकपुर यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा काठमाण्डौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९.३ ओभरमा ११५ रनमा अलआउट भयो ।

काठमान्डुलाई सस्तोमै समेट्न बलिङमा जनकपुरका आइकोनिक प्लेयर राहुल यादवले उत्कृष्ट प्रदर्शन गरे । राहुलले ४ ओभरमा ३१ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए ।

ब्याटिङमा काठमान्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा चार चौका प्रहार गरे । ६ रन जोड्दा ओपनर साम हिजलेटलाई गुमाएको काठमान्डुले १९ रन जोड्दा हरिशंकर शाहलाई गुमाउन पुग्यो । साम एक र हरिशंकर ९ रनमा पभेलियन फर्किए । त्यसपछि पनि काठमान्डुले लगातार विकेट गुमाउँदै गयो । रसिद खान १७, स्मित पटेल १३ सुमित महर्जन १०, कप्तान करण केसी ८, जहानदाद खान ५ रनमा आउट भए । रिपोन मोन्डल ९ रनमा आउट हुँदा शाहव आलम ४ रनमा अविजित रहे ।

जनकपुर दोस्रो खेल खेल्दैछ भने काठमाडौं पहिलो खेल खेलिरहेको हो । जनकपुर यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।