nmb bank

गृहपृष्ठ प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुँदैछ । बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र भीम रावलले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता विधेयक २०७९ पेस गर्नेछन् । यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची छ ।

यस्तै राष्ट्रिय सभाको सन्देश सहितको नेपाल रेल्वे विधेयक, २०७९ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले राष्ट्रिय सभामा उत्पत्ति भएको औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ र औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९, पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको संसद सचिवालयले जनाएकाे छ ।

प्रकाशित समय : १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु