global ime bank Long Banner Ad

गृहपृष्ठ ईसेवाबाट बिमाशुल्क भुक्तानी गर्दा २०० रूपैयाँ क्यासब्याक

ईसेवाबाट बिमाशुल्क भुक्तानी गर्दा २०० रूपैयाँ क्यासब्याक

ईसेवाबाट बिमाशुल्क भुक्तानी गर्दा २०० रूपैयाँ क्यासब्याक

भुक्तानी सेवा प्रदायक ईसेवाले आज परेको अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवसका अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत मंगलबार (अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवस)का दिनमा दिउँसो १२ बजेदेखि २ बजेसम्म ईसेवामार्फत जीवन बिमाको बिमाशुल्क भुक्तानी गर्दा २ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यसैगरी जीवन बिमा कम्पनीमा गई सोही दिन क्यूआरमार्फत भुक्तानी गर्दा पनि सोही क्यासब्याक पाउन सकिनेछ । यसैगरी यसरी ईसेवामार्फत भुक्तानी गर्दा ईसेवाले हाल सञ्चालन गरिरहेको लखपति योजनामा समेत सहभागी हुन सकिनेछ । ईसेवाले बीमितहरुले घरमै बसेर बिमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले बीमितहरूका लागि लखपति योजना सञ्चालन गरिरहेको छ ।

भदौ ५ गतेसम्म सञ्चालन हुने यस योजनामा ईसेवाबाट कुनै पनि जीवन बिमा कम्पनीको बिमा शुल्क भुक्तानी गर्ने व्यक्तिहरुमध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्नेछन् । यस्तै उपहार बिजेता बीमितको बिमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि २०/२० हजार नगद उपहार प्राप्त गर्नेछन् ।

यसैगरी योजना सञ्चालन अवधिभर बिमा शुल्क भुक्तानी गर्नेहरुबाट हरेक दिन एक जनाले गोलाप्रथामार्फत एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । यो योजना नेपालमा सञ्चालिन सबै बिमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागू हुनेछ ।

ईसेवाले पछिल्ला दिनमा इन्स्योरेन्सकाे प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सार्वजनिक गर्दै आएको छ ।

प्रकाशित समय : १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु