nmb bank

गृहपृष्ठ नेपाल वायुसेवा निगमकाे लिखित परीक्षा रद्द (सूचनासहित)

नेपाल वायुसेवा निगमकाे लिखित परीक्षा रद्द (सूचनासहित)

नेपाल वायुसेवा निगमकाे लिखित परीक्षा रद्द (सूचनासहित)

नेपाल वायुसेवा निगममा पदपूर्तिका लागि लोक सेवा आयोगले लिएकाे लिखित परीक्षा रद्द गरिएको छ । निगमको मानव संसाधन विभागले मंगलबार सूचना जारी गरी लिइसकेको लिखित परीक्षा नतिजा ननस्किँदै रद्द गरिएको जानकारी दिएको हो ।

निगमले केही विज्ञापन पनि रद्द गरेकाे छ । 'सर्वोच्च अदालतको फैसला तथा लोक सेवा आयोगले गत जेठ २६ गते गरेको निर्णयबमोजिम निगमको पदपूर्ति समितिको बैठकले आ.व. २०७५/७६ का लागि आह्वान गरिएका विज्ञापन नं. १०-१२/२०७५/७६ का विज्ञापनहरूको लोक सेवा आयोगद्वारा परीक्षा सञ्चालन भई नतिजा प्रकाशन हुन बाँकी लिखित परीक्षाहरू रद्द गरिएको छ,' निगमले भनेकाे छ ।

यस्तै आर्थिक वर्ष २०७६/७७ का लागि मिति २०७६/११/०२ मा निगमले प्रकाशित विज्ञापनमध्ये खुलातर्फ विज्ञापन नं. ०१-१८/०७६/७७ तथा आन्तरिक तर्फका विज्ञापन नं. २०१-२२५/०७६/७७ का विज्ञापनसमेत रद्द गर्ने निर्णय भएको निगमले जनाएको छ ।

सूचना :

प्रकाशित समय : १५:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु