गृहपृष्ठ ‘दोख’को ट्रेलर सार्वजनिक
‘दोख’को ट्रेलर सार्वजनिक
फिल्म ‘दोख’को ट्रेलर सार्वजनिक भएको छ । माओवादी युद्धको त्रासदीलाई प्रस्तुत गरिएको फिल्मको ट्रेलर साेमबार सार्वजनिक भएको हो ।
फिल्मको ट्रेलरमा माओवादी युद्धका क्रममा भएका ज्यादतीका अंशहरु पनि ट्रेलरमा पोखिएका छन् । अभिनेत्री दिया मास्के र अभिनेता मनिष निरौलाबीचको प्रेम सम्बन्ध पनि ट्रेलरमा झल्किएको छ । फिल्मको मुख्य भूमिकामा दिया र मनिषसँगै लोकमनी गुरुङ, माओत्से गुरुङ लगायतका कलाकार छन् ।
फिल्मलाई अनुप बरालले निर्देशन गरेका हुन् भने यसलाई राजन कठेतले लेखेका छन् । फिल्म असार २४ गते प्रदर्शनमा आउँदै छ ।
ट्रेलर:
प्रकाशित समय : १५:४१ बजे


















