काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

वेल्सका स्टार बेल अमेरिकी क्लबमा अनुबन्धित

7.16K
shares

वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेल अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीमा अनुबन्धित भएका छन् । ३२ वर्षीय बेल स्पेनिस क्लब रियल मड्रिडमा ९ वर्ष बिताएर अमेरिका गएका हुन् ।

एमएलएस क्लबले यसबारे सोमबार औपचारिक रुपमा जानकारी गराएकाे छ । लस एन्जलसले बेललाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । बेलले क्लबसँग एक वर्षको सम्झौता गरेको लस एन्जलसले जनाएको छ ।

उनी सन् २०१३ मा ८० मिलियन पाउण्डमा टोटेनहमबाट रियल आएको थिए । रियलका लागि उनले २ सय ५८ खेलमा १ सय ६ गोल गर्नुका साथै ६७ गोलमा असिस्ट गरेका छन् ।