nmb bank

गृहपृष्ठ अमेरिकाकाे टेक्सासमा बेवारिसे लरीभित्र भेटिए ४६ शव

अमेरिकाकाे टेक्सासमा बेवारिसे लरीभित्र भेटिए ४६ शव

अमेरिकाकाे टेक्सासमा बेवारिसे लरीभित्र भेटिए ४६ शव

अमेरिकाको टेक्सासमा एउटा लरीभित्र कम्तीमा ४६ वटा शव भेटिएका छन् । उनीहरू सबै गैरकानुनी रूपमा अमेरिका छिरेका आप्रवासी रहेको अनुमान गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार लरीबाट कम्तीमा १६ जनालाई गम्भीर हालतमा जीवितै उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ । सामाजिक सञ्जालमा देखिएका तस्बिरमा लरीको आसपास ठूलो संख्यामा उद्धारकर्मीहरू देखिएका छन् ।

एक स्थानीय टेलिभिजनका अनुसार यो लरी सैन एन्टोनियोको दक्षिण पश्चिममा भेटिएकाे हाे । न्यूयोर्क टाइम्सका अनुसार सैन एन्टोनियो प्रहरी डिपार्टमेन्टका अधिकारी लरीको चालकको खोजीमा छन् जो अहिले फरार छन् ।

सैन एन्टोनियो अमेरिका-मेक्सिको सीमाबाट करिब २५० किलोमिटरको दूरीमा पर्छ । टेक्सासका गभर्नर ग्रेग एबान्टले यो भयानक मृत्युका लागि राष्ट्रपति जो बाइडेनलाई जिम्मेबार ठहराएका छन् । उनले यो दर्दनाक घटना खुला सीमा नीतिका कारण भएको बताए ।

मेक्सिकोका विदेशमन्त्री मारसेलो इबरार्डका अनुसार उनको देशका एक अधिकारी घटनास्थलका लागि प्रस्थान गरेका छन् । मृतकहरूको नागरिकताबारे भने कुनै जानकारी प्राप्त नभएको उनको भनाइ छ । अहिलेसम्म मृत्यु कसरी भएको हो भन्ने खुलेको छैन ।

प्रकाशित समय : १५:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु