nmb bank

गृहपृष्ठ पोखराबाट धम्पुससम्म टीभीएसको एओजी राइड

पोखराबाट धम्पुससम्म टीभीएसको एओजी राइड

पोखराबाट धम्पुससम्म टीभीएसको एओजी राइड

टीभीएसले एओजीको दोस्रो संस्करण पोखरामा आयोजना गरेको छ । कम्पनीले यही असार ११ मा ग्राहकको लागि अपाचे अनर्स ग्रुप (एओजी) नामक अपाचे धनीहरुमाझ रोमाञ्चक राइड सम्पन्न गरेको हो ।

सो क्रममा पोखराका ३० अपाचे जना ग्राहकलाई पोखराबाट धम्पुस हुँदै सुइखेत रिसोर्टसम्म पुर्‍याएको कम्पनीले उल्लेख गरेको छ । विभिन्न पेसाका सहभागीहरूले भाग लिएको एओजीमा सहभागीको लागि सयभन्दा धेरैले आवेदन फारम भरेपछि चयन प्रक्रियामा ३० जना छानिएका थिए । गण्डकी  प्रदेशमा भएको संस्करण लागि दर्ता गरेको बाँकी राइडरहरूलाई टीभीएसले गण्डकीमा भविष्यमा हुने अरू संस्करणहरूमा उपस्थित गराउने जनाएको छ ।

टीभीएसले बागमती प्रदेशपछि गण्डकी प्रदेशमा एओजी राइड गरेको हो । नारायणी, कोशी, लुम्बिनी, महाकालीजस्ता नेपालको विभिन्न ठाउँमा पनि एओजी राइड सञ्चालन गर्ने कम्पनीको भनाइ छ ।

प्रकाशित समय : १४:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु