nmb bank

गृहपृष्ठ भारी वर्षाले हवाई सेवा प्रभावित

भारी वर्षाले हवाई सेवा प्रभावित

भारी वर्षाले हवाई सेवा प्रभावित

देशका विभिन्न ठाउँको हवाई सेवा आज प्रभावित भएको छ । भारी वर्षाका कारण हवाई सेवा प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार आज विराटनगर, भैरहवा, सुर्खेत, पोखरा, धनगढी, तुम्लिङटारका उडानहरू प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित आइएफआर प्रणालीबाट मात्रै हवाई उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

अहिले देशभर मौसम फैलिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । विभागका अनुसार सोमबार नै विशेष बुलेटिन जारी गरी मंगलबारदेखि बिहीबारसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको थियो ।

प्रकाशित समय : १४:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु