nmb bank

गृहपृष्ठ जसपाले पनि मन्त्री फेर्ने, काे-काे छन् आकांक्षी ?

जसपाले पनि मन्त्री फेर्ने, काे-काे छन् आकांक्षी ?

जसपाले पनि मन्त्री फेर्ने, काे-काे छन् आकांक्षी ?

जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने भएकाे छ । साेमबार राति अबेर सकिएको कार्यकारिणी बैठकले सरकारमा रहेका चारै जना मन्त्री फिर्ता बोलाउने निर्णय गरेकाे हाे ।

बैठकले उनीहरूकाे स्थानमा अरु सांसदलाई सरकारमा पठाउने निर्णय गरेको छ । बैठकले मन्त्री फेर्ने र नयाँ मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । बैठकमा सहभागी नेता मृगेन्द्र कुमार सिंह यादवले मन्त्री फेर्ने निर्णय पहिलेकै भएको र हिजो कार्यान्वयनको विषय उठाइएको बताए ।

जसपाबाट सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, वनमन्त्री रामसहायप्रसाद यावद र कृषिमन्त्री महिन्द्र राय यादव रहेका छन् । जसपामा प्रमोद साह, प्रदीप यादव, रामबाबु कुमार यादव, सुरेन्द्र कुमार यादव र अमृता अग्रहरी लगायत मन्त्रीको आकांक्षी रहेकाे बताइएकाे छ ।

प्रकाशित समय : १७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु