काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आगलागीबाट दुई घर जलेर नष्ट

13K
shares

गएराति अचानक आगलागी हुँदा तिला गाउँपालिका-८ जुम्ला पुरुगाउँको एक घर पूर्णरुपमा नष्ट भएको छ । पुरुगाउँ निवासी वीरमान नेपालीको घरमा गएराति ११ः३० बजे आगलागी भएको थियो । उक्त आगलागीबाट ढुंगा र माटोले बनेको दुईतले घर पूर्णरुपले नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।

घरभित्र रहेका भाडावर्तन, लत्ताकपडा, अन्नपात, २७ वटा खरायो, १० कुखुरा जली नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगो निभाउने क्रममा नेपाली सामान्य जली घाइते भएका छन् । प्रहरीचौकी रारालिही जुम्ला र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आउँदा मानवीय क्षति हुन जोगिएको जनाइएको छ ।

त्यस्तै, हिजो राति नै करिब १० बजेको समयमा लेकबेँसी नगरपालिका-३ सुर्खेत साजेस्थित गगन पोख्रेलको फुसले छाएको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।

राति ११ः३० बजे प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि मानवीय क्षति नभएको तर घरभित्र रहेका लत्ताकपडा, भाडावर्तन, अन्नपात गरी रु ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।