गृहपृष्ठ मुग्लिन-आँबुखैरेनी सडकखण्ड अन्तर्गत भासिएको ठाउँमा २ जनाको शव र कार भेटियो
मुग्लिन-आँबुखैरेनी सडकखण्ड अन्तर्गत भासिएको ठाउँमा २ जनाको शव र कार भेटियो
पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन-आँबुखैरेनी सडक खण्डमा पहिरो गएको ठाउँमा २ जनाको शव भेटिएको छ । राति सडक नै टुट्ने गरी पहिरो जाँदा कार र मोटरसाइकल नदीमा खसेको डीएसपी युवराज खड्काले जानकारी दिए ।
सडकभन्दा करिब ६० मिटर तल कार खसेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । सडक भासिँदा कार पनि सँगसँगै खसेको प्रहरीको अनुमान छ । मृतकको सनाखत भएको छैन । कार र शवलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको हो । सडक भासिएका कारण यातायात पूर्ण रुपमा अवरुद्ध छ । वैकल्पिक मार्ग नभएकाले दुवैतर्फ सयौं यात्रु अलपत्र छन् ।
प्रकाशित समय : १६:४२ बजे

















