global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्रीले भोलि ईयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

प्रधानमन्त्रीले भोलि ईयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि नेपालका लागि नियुक्त युरोपेली सङ्घ (इयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने उक्त भेटमा प्रधानमन्त्री शाहले नेपालका वर्तमान प्राथमिकता, विकास साझेदारी तथा द्विपक्षीय सम्बन्धका विविध पक्षबारे धारणा राख्नेछन्।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा नेपाल र इयू सदस्य राष्ट्रबीचको सम्बन्धलाई थप सुदृढ बनाउने, सहकार्यका क्षेत्र विस्तार गर्ने तथा आपसी हितका विषयमा छलफल केन्द्रित हुनेछ ।

प्रधानमन्त्री शाहले यसअघि गत चैत २५ गते पनि नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक संवाद गरेका थिए ।

प्रकाशित समय : १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु