गृहपृष्ठ अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता
अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता
बिमाको पहुँच गाउँसम्म पुर्याउन अजोड इन्स्योरेन्स लिमिटेड र धनुषाको बटेश्वर गाउँपालिकाबीच सम्झौता भएको छ । बिहीबार भएको सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र गाउँपालिकाको तर्फबाट अध्यक्ष राम अषिश महतोले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात बिमाको पहुँच ग्रामिण स्तरसम्म पुर्याउने र बिमा व्यवसायलाई सरल र प्रभावकारी बनाई व्यवसायको क्षेत्र विकास र विस्तार गर्न बिमा व्यवसायको सेवा दिने तथा लिने सम्झौता भएको इन्स्योरेन्सले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
प्रकाशित समय : १६:५६ बजे

















