global ime bank Long Banner Ad

गृहपृष्ठ मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन : एमाले अध्यक्ष ओली

मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन : एमाले अध्यक्ष ओली

मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन : एमाले अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अत्यधिक स्थान दिएर विजयी गराउने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले संघीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनुका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएकाले संसदीय निर्वाचनमा जनताले पहिलो पार्टी बनाउने धारणा राखे ।

अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने समेत बताएका छन् । उनले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको तथा अन्य पार्टीहरु वामपन्थी नभएको जिकिर गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेकपा एकीकृत( समाजवादी)का कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताए ।

उनले आफुले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको बताए । स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै सिट संख्याका हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको जिकिर गरे ।

प्रकाशित समय : १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु