गृहपृष्ठ गरिमा विकास बैंक र सोल्टी होटलबीच सेवा सुविधा छुटसम्बन्धी सम्झौता
गरिमा विकास बैंक र सोल्टी होटलबीच सेवा सुविधा छुटसम्बन्धी सम्झौता
नेपालकै प्रतिष्ठित ५ तारे होटल ‘सोल्टी होटल’ र गरिमा विकास बैंकबीच होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्र अनुसार यस बैंकका डेबिट कार्ड तथा मोबाइल बैकिङ प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकहरुले काठमाडौँस्थित ‘द सोल्टी काठमाडौँ’ र नेपालगञ्जमा अवस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ बाट फुड एन्ड वेभरेजमा १० प्रतिशत छुट पाउन सक्ने छन् ।
हाल बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटीएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ सेवा दिँदै आइरहेको छ ।
प्रकाशित समय : १७:३५ बजे

















