global ime bank Long Banner Ad

गृहपृष्ठ एनआइसी एशिया लघुवित्तको प्रोग्रेस रिभ्यू एन्ड स्ट्राटेजी प्लानिङ मिट सम्पन्न

एनआइसी एशिया लघुवित्तको प्रोग्रेस रिभ्यू एन्ड स्ट्राटेजी प्लानिङ मिट सम्पन्न

एनआइसी एशिया लघुवित्तको प्रोग्रेस रिभ्यू एन्ड स्ट्राटेजी प्लानिङ मिट सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको कर्पोरेट कार्यालय, बनेपाको आयोजनामा जेठ ६ गतेदेखि काठमाडौंस्थित रोयल बुटिक होटलमा सञ्चालन भएको “प्रोग्रेस रिभ्यू एन्ड स्ट्राटेजी प्लानिङ मिट जेठ ९ गते सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ को समग्र प्रगति समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट तर्जुमा, कार्यदिशा तथा रणनीतिक योजनामाथि विस्तृत छलफल गरिएको थियो।

बागमती तथा गण्डकी प्रदेशअन्तर्गतका शाखा प्रबन्धक, उप(प्रदेश प्रमुख तथा प्रदेश प्रमुखहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप उपलब्धिमूलक बनाएको थियो।

कार्यक्रममा संस्थाको आगामी रणनीति, सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उपाय, शाखास्तरको कार्यसम्पादन सुधार तथा व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा गहन छलफल गरिएको थियो।

हाल शाखाहरूमा अकाउन्टेन्टको व्यवस्था गरिएपछि शाखा सञ्चालन, अभिलेखीकरण तथा दैनिक कार्यसम्पादनमा उल्लेखनीय सहजता आएको तथा यसले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सकारात्मक योगदान पुगेको उल्लेख गरिएको थियो।

साथै, यस्ता योजनामूलक तथा समीक्षा बैठकहरूले संस्थाको कार्यसम्पादनलाई थप स्पष्ट, व्यवस्थित तथा परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको थियो।

त्यसैगरी, संस्थाभित्र वार्षिक कर्मचारी मूल्यांकन प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी तथा नतिजामुखी बनाउन मानव संसाधन विभागमार्फत कर्मचारीहरूको कार्यसम्पादन विवरण संकलन गरी कार्यसम्पादनका आधारमा मूल्यांकन गरिने विषयमा समेत छलफल गरिएको थियो। यस प्रक्रियाले कर्मचारीहरूको जिम्मेवारीबोध, कार्यदक्षता तथा व्यावसायिक उत्तरदायित्व अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेतले संस्थालाई आगामी आर्थिक वर्षमा अझ प्रविधिमैत्री, उत्तरदायी तथा सदस्यकेन्द्रित रूपमा अघि बढाइने बताए । उनले संस्थागत सुशासन, ग्राहक संरक्षण तथा गुणस्तरीय सेवा प्रवाहलाई थप सुदृढ गर्दै ग्रामीण तथा विपन्न समुदायको आर्थिक सशक्तीकरणमा संस्थाले अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

साथै, कार्यक्रममा सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे, सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने तथा विभागीय प्रमुखहरूको समेत उपस्थिति रहेको थियो। उनीहरूको मार्गदर्शन, सुझाव तथा सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी, उपलब्धिमूलक तथा परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

कार्यक्रमले आगामी कार्ययोजनालाई थप स्पष्ट, परिणाममुखी तथा संस्थाको दीर्घकालीन उद्देश्यअनुकूल बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा लिइएको छ।

प्रकाशित समय : १४:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु