गृहपृष्ठ गुरु ट्राभल्स र विधिबीच सहकार्यको सम्झौता
गुरु ट्राभल्स र विधिबीच सहकार्यको सम्झौता
नेपाली पर्यटन क्षेत्रकै प्रथम पब्लिक ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेडले सूचना प्रविधि र सफ्टवेयरसम्बन्धी सहकार्यको लागि विधि प्रालिसँग सम्झौता गरेको छ । बुधवार भएको व्यवसायिक सहकार्यसम्बन्धी समझदारी पत्रमा गुरु ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नवराज धरेल र विधि प्रालिका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले हस्ताक्षर गरेका छन् ।
समझदारी पत्रमा दुबै कम्पनीहरुले एक आपसमा प्राविधिक र पर्यटन कार्यको प्रवर्धनको लागि सहकार्य गर्ने उल्लेख छ । जसमा विधि प्रालिले प्रविधि पार्टनर र गुरु ट्राभल्सले ट्राभल पार्टनरका रुपमा एक अर्कालाई प्रवर्धन गर्दै अगाडि बढ्ने र ग्राहकलाई सेवा प्रदान गर्ने बताइएको छ ।
गुरु ट्राभल्सले विश्वभ्रमण जस्ता आउटबाउण्ड पर्यटन र विश्वभरका पर्यटक आकर्षित गर्न इन्बाउण्ड पर्यटनलगायतका विविध क्षेत्रमा ट्राभल प्याकेजको सेवा प्रदान गर्नेछ । गुरु ट्राभल्सले पब्लिक पार्टनरसिप मोडललाई आत्मसात गरेको छ ।
पर्यटन नै देश विकासको मुख्य आधार मान्ने यस संस्थाले पर्यटन प्रवर्धनका विशेष प्याकेज अगाडि सारेको छ । विधि प्रालिले सोको प्रयोजनमा सिस्टम सफ्टवेयरहरु उपलब्ध गराउने छ ।
प्रकाशित समय : १५:४८ बजे

















