global ime bank Long Banner Ad

गृहपृष्ठ सुक्खा पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध

सुक्खा पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध

सुक्खा पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोलामा सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । आज बिहान पौने ९ बजेको समयमा इच्छाकामना गाउँपालिका-६ तोपेखोला नजिकै सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

हिजो पनि पहिरोका कारण सवारी साधन बीचबाटोमै रोकिएका थिए ।

रातभरको प्रयासमा पहिरो पन्छाएर सवारी साधनलाई पालैपालो गन्तव्यमा पुर्याइरहेको बेला फेरि खसेको पहिरोका कारण यात्रुहरुले सास्ती पाएका छन् ।

प्रकाशित समय : १५:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु