global ime bank Long Banner Ad

गृहपृष्ठ कृषि विश्वविद्यालयमा नयाँ पदाधिकारी

कृषि विश्वविद्यालयमा नयाँ पदाधिकारी

कृषि विश्वविद्यालयमा नयाँ पदाधिकारी

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्टारमा प्राडा सुविरसिंह नियुक्त भएको छ । उपकुलपति प्राडा होमबहादुर बस्नेतको सिफारिसमा प्रधानमन्त्री एवं कुलपति वालेन्द्र शाहले  रिक्त रहेको रजिष्टार पदमा नियुक्त गरेको हो ।

यसअघि प्रधानमन्त्री शाहले बस्नेतलाई अर्को व्यवस्था नभएसम्मका लागि उपकुलपतिमा नियुक्त गरेको थियो । उपकुलपति बस्नेतले तीन सङ्कायका डिन र निर्देशकसमेत नियुक्त गरेको छ । कृषि सङ्कायको डिनमा प्राडा सुन्दर तिवारी, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय डिनमा डा शङ्करराज बर्सिला नियुक्त गरेको छ ।

वन विज्ञान सङ्कायको डिनमा डा गान्धिव काफ्ले, अनुसन्धान तथा प्रसार निर्देशनालयको निमित्त निर्देशकमा डा उज्जल तिवारी, जैविक प्रविधि केन्द्रको निर्देशकमा डा हिमाल लुइँटेल र पाठ्यक्रम विकास केन्द्रको निर्देशकमा डा अनिलकुमार तिवारी नियुक्त भएको छ ।

प्रकाशित समय : २०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु