गृहपृष्ठ सरकारले तोक्यो धानको न्युनत्तम मुल्य, वर्षे धान न्युनत्तम ३६ सय ६० रूपैयाँ
सरकारले तोक्यो धानको न्युनत्तम मुल्य, वर्षे धान न्युनत्तम ३६ सय ६० रूपैयाँ
काठमाडौं । सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि बर्से धानको न्यूनतम समर्थन मूल्य तोकेको हो ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मोटो धानको न्यूनतम समर्थन मूल्य ३६ सय ६० रुपियाँ र मध्यम धानको समर्थन मूल्य ३८ सय ६० रुपियाँ प्रति क्विन्टल तोकिएको जानकारी दिएका हुन ।
प्रकाशित समय : १९:१६ बजे

















