global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ जुम्ला जिससको निर्वाचन जेठ २९ गते हुने

जुम्ला जिससको निर्वाचन जेठ २९ गते हुने

जुम्ला जिससको निर्वाचन जेठ २९ गते हुने

नेपाली कांग्रेसले जिल्ला समन्वय समिति जुम्लाको प्रमुख पदमा चन्दननाथ नगरपालिका-१ का वडा सदस्य गौरीनन्द आचार्यलाई सिफारिस गरेको छ । कर्णाली प्रदेश संसदीय समितिको निर्णयानुसार आचार्यलाई प्रमुखको उम्मेदवारमा सिफारिस गरेको कांग्रेस जुम्लाका पार्टी सचिव अर्जुनसिंह कठायतले जानकारी दिए ।

जिल्लाका आठ स्थानीय तहमध्ये कांग्रेस एक्लैले पाँच स्थानीय तहमा अध्यक्ष र एक उपप्रमुखसहित दुई उपाध्यक्ष जितेको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र) ले दुई पालिकामा अध्यक्ष र तीन उपाध्यक्ष जितेको छ । नेकपा ( एकीकृत समाजवादी ) ले एक उपाध्यक्ष जितेको छ ।

चन्दननाथ नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । मतदाताका हिसाबले जुम्ला जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख कांग्रेसकै बन्ने पक्काजस्तै छ । जिससको नयाँ नेतृत्व चयनका लागि यही जेठ २९ गते निर्वाचन हुने मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले जानकारी दिए ।

२०७४ को स्थानीय तह निर्वाचनमा जुम्लामा माओवादी केन्द्रले जिल्ला समन्वय समिति प्रमुख र कांग्रेस उपप्रमुखको नेतृत्व गरेको थियो ।

प्रकाशित समय : १४:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु