काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आइपीओ जारी गर्दै आदर्श लघुवित्त, कस्ताे छ वित्तीय अवस्था ?

10.54K
shares

आदर्श लघुवित्तले असार १ गतेदेखि प्राथमिक सेयर (आइपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

लघुवित्तले निष्काशन गर्ने साधारण सेयर ६७ हजार कित्तामध्ये १ हजार ३५ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ । बाँकी रहेको ६२ हजार ६१५ कित्ता सेयरका लागि पनि सर्वसाधारणसँग आवेदन माग गरेको हो ।

उक्त आइपीओमा छिटोमा असार ६ र ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । इच्छुक आवेदकले सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले आइपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङस नेपालले लघुवित्तलाई ‘केयर एनपी सिंगल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ ।

यस्ताे छ कम्पनीको वित्तीय अवस्था

हाल १ करोड ४० लाख रुपैयाँ चुक्ता  पुँजी रहेको कम्पनीको आइपीओ बाँडफाँड पश्चात चुक्ता २ करोड ७ लाख रुपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७५/७६ मा १२ रुपैयाँ ३७ पैसा प्रतिसेयर आम्दानी रहेको लघुवित्तको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ३७ पैसा र सञ्चित नाफा १३ लाख ५१ हजार रहेको थियो । आर्थिक वर्ष २०७६/७७ मा ७ रुपैयाँ २७ पैसा प्रतिसेयर आम्दानी रहेको लघुवित्तको प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ २४ पैसा र सञ्चित नाफा २१ लाख ४४ हजार रहेको थियो । आर्थिक वर्ष २०७७/७८ मा ५ रुपैयाँ १३ पैसा प्रतिसेयर आम्दानी रहेको लघुवित्तको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ८८ पैसा र  सञ्चित नाफा २५ लाख ९ हजार रहेको थियो ।

यस्तै चालु आव २०७६/७७ मा २० रुपैयाँ ६० पैसा प्रतिसेयर आम्दानी रहने प्रक्षेपण गरेको लघुवित्तले प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ८२ पैसा र सञ्चित नाफा १३ लाख ७५ हजार पुग्ने प्रक्षेपण गरेको छ ।