ताँजाकोटको विकासलाई प्राथमिकता दिइएको छः मुख्यमन्त्री शाही
वि.सं.२०८३ मंसिर ७ सोमवार १३:०१
shares

हुम्ला । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले हुम्लाको ताँजाकोट गाउँपालिकाको भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन ।
‘गाउँपालिका अध्यक्ष शैक्षिक गुणस्तर तथा अतिरिक्त क्रियाकलाप सप्ताह कार्यक्रम–२०८३’ को आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली करिडोरदेखि ताँजाकोट जोड्ने सडक स्तरोन्नतिको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
उनले ताँजाकोटको पर्यटकीयस्थल रानीसैनको प्रचारप्रसार र प्रवद्र्धनमा प्रदेश सरकार सक्रिय रहेको बताए । मुख्यमन्त्री शाहीले पछिल्लो १० वर्षमा ताँजाकोटको मुहार परिवर्तन हुनु सङ्घीयता र समावेशिताको उपलब्धि भएको उल्लेख गरे ।
गाउँपालिकाले हरेक वर्ष आयोजना गर्दै आएको उक्त शैक्षिक सप्ताहमा स्थानीय विद्यालयबीच ५० भन्दा बढी विधामा प्रतिस्पर्धा गराइँदै आएको छ । प्रतिस्पर्धामा प्रथम हुने विद्यालयलाई एक लाख, द्वितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार र सान्त्वना स्थान हासिल गर्ने विद्यालयलाई २५ हजार पुरस्कार प्रदान गरिँदै आएको छ ।
गाउँपालिका अध्यक्ष लालकेश जैसीका अनुसार, विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्नाका साथै उनीहरूको प्रतिभा पहिचान र क्षमता विकासमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका कृषिमन्त्री जुम्कित लामा र पूर्वजलस्रोतमन्त्री रणसिंह परियारलगायतको उपस्थिति थियो ।

























