गृहपृष्ठ सुनको मूल्य २ सय रुपैयाँले बढ्यो
सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ कायम भएकोमा सोमबार २ सय रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँ कायम भएको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँ कायम भएकोमा सोमबार ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसका साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएकोमा सोमबार १५ रुपैयाँले बढेर १२ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।
प्रकाशित समय : १७:४७ बजे