काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

6.68K
shares

सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ कायम भएकोमा सोमबार २ सय रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँ कायम भएको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँ कायम भएकोमा सोमबार ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसका साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएकोमा सोमबार १५ रुपैयाँले बढेर १२ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।