काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने

420
shares

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका चार संसदीय समितिको बैठक आज (सोमबार) बस्दैछ ।

बैठकमा विभिन्न विधेयकमाथि सैद्धान्तिक तथा दफावार छलफल हुनुका साथै विज्ञहरूसँग परामर्श गर्ने कार्यसूची रहेको छ ।

बिहान ११ बजे प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुने भएको छ । साथै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने संशोधनकर्तासँग पनि छलफल गरिनेछ ।

त्यस्तै, बिहान ११ बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक’ माथि विज्ञहरूसँग छलफल हुने कार्यसूची छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, मन्त्रालयका सचिव र सम्बन्धित विज्ञहरूलाई आमन्त्रण गरिएको छ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान १० बजे बस्दै छ । बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ माथि संशोधनकर्तासहित दफावार छलफल हुने भएको छ ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ माथि छलफल हुने कार्यसूची रहेको छ । बैठकमा सूचना तथा सञ्चार मन्त्रालयका मन्त्री र सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव तथा चलचित्र विकास बोर्डका अध्यक्षलाई आमन्त्रण गरिएको छ । बैठक बिहान ११ बजे बस्ने छ ।