नेपालले दियाे युगान्डालाई १०२ रनको लक्ष्य
वि.सं.२०७९ जेठ ३ मंगलवार २०:५०
shares

दोस्रो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकटमा नेपालले पाहुना टोली युगान्डालाई जितका लागि १ सय २ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय १ रन बनायो ।
नेपालका लागि बिन्दु रावलले सर्वाधिक २६ रन जोडिन् । सरिता मगरले २२ रन जोडिन् । डोली भट्ट १७ रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्री ९ रनमा अविजित रहिन् । सिता राना मगर ६, इन्दु वर्मा ५ र अप्सरी बेगमले ३ रन जोडिन् । कविता जोशी सुन्य रनमा आउट भइन् । युगान्डाकी जनेट बाबाजीले २ विकेट लिइन् । रिता मुसामाली, कोन्सी वेको र एन्यिपोले १/१ विकेट लिए ।
सोमबार भएको पहिलो खेलमा युगान्डासँग नेपाल १२ रनले पराजित भएकाे थियो ।























