८४ अंकले घट्यो नेप्से
वि.सं.२०७९ जेठ ३ मंगलवार २१:४७
shares

साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ८४ अंकको गिरावट आएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएर पहिलोपटक कारोबार खुल्दा सेयर बजारमा दाेहाेराे अंकको गिरावट आएको हो ।
आज १ अर्ब ६४ करोड रुपैयाँ बराबरको ३५ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ । आज सबै समूहमा गिरावट आएको छ । जीवन बिमा समूहमा ५९२ अंकको गिरावट आउँदा निर्जीवन बिमा समूहमा ४८५ अंकले घटेको छ । यस्तै, विकास बैंक समूह १६३ अंकले घट्दा लघुवित्त समूहमा १४३ अंकको गिरावट आएको छ । यसैगरी, उत्पादनमूलक समूह १४२ अंकले घटेको छ ।
आज कारोबार भएका तीन वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । जसमध्ये लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
























