काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गौतमबुद्ध विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंककाे ५ काउन्टर सञ्चालन

9.18K
shares

सोमबारदेखि व्यावसायिक सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ । बैंकले विमानस्थलमा सम्पूर्ण बैंकिङ कारोबार गर्नको लागि विमानस्थलमा सेवा विस्तार गरेको हाे ।

यात्रु र सेवाग्राहीलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ सेवासुविधा प्रवाह गर्न बैंकले सोमबारबाट पाँचवटा नयाँ काउण्टर सञ्चालनमा ल्याएको हो । बैंकले विमानस्थलभित्र डिपार्चर काउण्टर, बोर्डिङ वेटिङ काउण्टर, एराइभल काउण्टर, कस्टम र कार्गो काउण्टर सञ्चालनमा ल्याइएको छ । काउण्टरबाट विदेशी मुद्राको सटही, भिसा शुल्क भुक्तानी, भन्सार शुल्क भुक्तानी, भ्याट रिफन्ड, एटीएम, पीओएस सेवा तथा अन्य बैंकिङ करोबार गर्न सकिनेछ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, ब्रान्च अपरेशन विभाग प्रमुख दुर्गाकुमारी कँडेल, सूचना प्रविधि विभागका वरिष्ठ प्रबन्धक गगनसिंह घिमिरे, शाखा कार्यालय भैरहवाका शाखा प्रबन्धक हरिराम पराजुलीलगायत उपस्थित थिए ।

देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९९ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।