स्थानीय तह प्रमुखमा कुन पार्टीले कति जिते ?
वि.सं.२०७९ जेठ ३ मंगलवार १९:४९
shares

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । देशमा रहेका ७५३ स्थानीय तहमध्ये हालसम्म २८२ वटाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।
यसमध्ये सबैभन्दा बढी स्थानीय तहको प्रमुखमा नेपाली काग्रेसका उम्मेदवार विजयी बनेका छन् । कांग्रेसले १२८ वटा स्थानीय तहकाे प्रमुख आफ्नो पक्षमा पारेको छ । नतिजा आइसकेकाे पालिका प्रमुखकाे कुल संख्यामध्ये याे ४५.३९ प्रतिशत हाे ।
कांग्रेसपछि नेकपा एमालेका उम्मेदवार दाेस्राे बढी स्थानीय तहको प्रमुखमा विजयी बनेका छन् । हालसम्म आएको अन्तिम मत परिणाममध्ये एमालेले ७९ स्थानीय तहको प्रमुख जितिसकेकाे छ । अन्तिम मतपरिणाम आएकामध्ये २७.६५ प्रतिशत स्थानीय तहमा एमालेका उम्मेदवारले जितेका छन् ।
६१ वटा स्थानीय तहको प्रमुख जितेर नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमाछ । याे संख्या अन्तिम मतपरिणाम आएकामध्ये २१.६३ प्रतिशत हाे । नेकपा एमालेबाट विभाजित भएकाे नेकपा (एकीकृत समाजवादी)ले हालसम्म ४ वटा स्थानीय तहमा मात्र प्रमुख जित्न सफल भएकाे छ । जुन १.४१ प्रतिशत हुन आउँछ ।
जनता समाजवादी पार्टी (जसपा), नेपालले अन्तिम मतपरिणाम आएका स्थानीय तहमध्ये १.०६ प्रतिशत स्थानमा जित हासिल गरेकाे छ । जसपाले हालसम्म ३ वटा स्थानीय तहको प्रमुख मात्र जितेको हाे ।
























