गणक र प्रतिनिधिले टिपेकाे संख्यामा फरक परेपछि तिलोत्तमाको मतगणना स्थगित
वि.सं.२०७९ जेठ ३ मंगलवार १९:०७
shares

तिलोत्तमा नगरपालिकाको मतगणना अहिले रोकिएको छ । मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि मतगणना रोकिएको हो ।
तिलोत्तमा नगरपालिकामा रहेको यातायात कार्यालयमा भएको वडा नम्बर १६ र २ को मतगणना रोकिएको हो । मतगणनापछि संख्या टिपोट गर्ने क्रममा गणक र पार्टी प्रतिनिधिबीच मत संख्यामा फरक पर्न गएकाले वास्तविक तथ्यांक हेरेर गणना अगाडि बढाइने सहमति भएको निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले बताए ।
अहिले मतगणनास्थल बाहिर कांग्रेसका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।
























