काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपालले युगान्डाविरुद्ध पहिले ब्याटिङ गर्ने 

7.16K
shares

युगान्डाविरुद्धको ट्वान्टी-२० श्रृंखलाअन्तर्गत दोस्रो खेलमा मंगलबार नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युगान्डाकी कप्तान कोन्सी अवेकोले टस जितेर फिल्डिङ गर्ने निर्णय गरिन् ।

नेपालले घरेलु मैदानमा युगान्डासँग पाँच खेलको श्रृंखला खेल्ने तालिका छ । यसअघि भएको पहिलो खेलमा नेपाल १२ रनले पराजित भएको थियो । नेपाल महिला क्रिकेट टोलीले पहिलो पटक घरेलु मैदानमा क्रिकेट श्रृंखला खेल्न लागेको हो ।