काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ पुग्याे

7.8K
shares

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य २०० रुपैयाँले बढेको जानकारी दिएको छ ।

जेठ १ गते तोलामा ९६ हजार ५०० रुपैयाँ कारोबार मूल्य रहेको छापावाल सुनको मूल्य आज ९६ हजार ७०० रुपैयाँ छ । यस्तै, जेठ १ गते तोलामा ९६ हजार रुपैयाँ कारोबार मूल्य रहेको तेजाबी सुनको मूल्य आज प्रतितोला ९६ हजार २०० रुपैयाँ छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । जेठ १ गते तोलामा १२ सय ४० रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला १२ सय ६० रुपैयाँ छ ।