गायक राजु लामाले चढे सगरमाथा
वि.सं.२०७९ जेठ ३ मंगलवार १७:०६
shares

गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको टाली ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथाको चुचुरो पुगेकाे हाे ।
आरोहण दलको नेतृत्व भने मिङमा जीले गरेका हुन् । उनी अक्सिजनबिनै चुचुरो चढेका थिए । लामा चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिस्ट समेत हुन् । सगरमाथा आरोहरणकै क्रममा उनले ६,५७४ मिटर उचाइको क्याम्प ३ मा कन्सर्ट गरेका थिए ।
आरोहण दलमा नेपाल, चीन, अस्ट्रेलिया, रुस र पाकिस्तान लगायत ५ देशका आरोही सहभागी थिए ।
























