काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

घट्यो सुन र चाँदीको मूल्य

9.35K
shares

नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा गिरावट आएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।

यससँगै छापावाल सुनको आजकाे बजार मूल्य प्रतितोला ९७ हजार रूपैयाँ कायम भएकाे छ । त्यसैगरी तेजावी सुन पनि प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । बुधबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ घटेकाे छ । चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले उल्लेख गरेकाे छ ।