काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

काठमाडौं र भक्तपुरका प्रशासनिक सेवा प्रभावित, ललितपुरमा अत्यावश्यक सेवामात्रै

6.93K
shares

जिल्ला प्रशासन कार्यालय काठमाडौं र भक्तपुरले स्थानीय तहको निर्वाचनमा कर्मचारीहरू खटिएकाले सेवा प्रभावित हुने जनाएका छन् । आज र भोलि (वैशाख २८ र २९ गते) कार्यालयको सेवा प्रभावित हुने कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

‘स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गर्नका लागि कार्यालयमा कार्यरत कर्मचारीहरूसमेत खटिएकाले यही २८ र २९ गते कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित हुने सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ’, दुवै जिल्ला प्रशासन कार्यालयहरुले मंगलबार जारी गरेको सूचनामा लेखिएको छ ।

ललितपुर जिल्ला प्रशासन कार्यालयले भने कर्मचारीहरु सीमित भए पनि तिनै सेवा दिइरहेको बताएको छ । सीमित कर्मचारी राखेर अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयको भनाइ छ ।