काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

364
shares

ai logo सारांश

  • कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान हुँदैछ।
  • ७ हजार २५५ प्रतिनिधिले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछन्।
  • मतदानपछि मतगणना सुरु गरी निर्वाचन परिणाम सार्वजनिक गरिनेछ।

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ।

यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहे पनि भारी वर्षा तथा केही प्राविधिक कारणले समय तीन घण्टा पछि सारिएको हो।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले सभापतिसहित उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य चयन गर्नेछन्। कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार सार्वजनिक गरिसकेको छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार प्रतिनिधिहरूलाई प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ।

मतदान केन्द्र र प्रतिनिधि समूह

  • राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ — बागमती प्रदेश
  • खुलामञ्च, मतदान केन्द्र ‘ख’ — कोशी प्रदेश तथा तराई–मधेस समूह
  • हिमाली हल — गण्डकी प्रदेश
  • तराई–मधेस हल — मधेश प्रदेश
  • पहाड हल — लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि

मतदानस्थल प्रवेश गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिने निर्वाचन समितिले जनाएको छ। मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लैजान पाइने छैन।

उम्मेदवारी दर्ता, दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेकाले अब प्रतिनिधिहरूले मतदानमार्फत कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछन्।

मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने र मतगणना सकिएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।