गृहपृष्ठ प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित, चुक्ता पूँजी १ अर्ब १८ करोड कायम
प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित, चुक्ता पूँजी १ अर्ब १८ करोड कायम

निर्जीवन बिमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौं वार्षिक साधारण सभा आइतबार वीरगञ्जमा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको बीसौं वार्षिक साधारण सभाबाट ७५ बोनस सेयर र ०.३६८ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित भएको छ । साविक १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५ सय ६० साठी चुक्ता पूँजीबाट बोनश सेयरपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १८ करोड ८१ लाख ४४ हजार ८ सय १९ हुनेछ ।
प्रकाशित समय : १९:५६ बजे