गृहपृष्ठ फिलिपिन्समा आँधी : २५ जनाको मृत्यु, १३ हजार बिस्थापित
फिलिपिन्समा आँधी : २५ जनाको मृत्यु, १३ हजार बिस्थापित

फिलिपिन्समा उष्णीय आँधीका कारण आएको बाढीपहिरोमा परी कम्तीमा २५ जनाको ज्यान गएको छ । विभिन्न सञ्चार माध्यमका अनुसार उद्धार टोलीले दक्षिणी तटमा फसेका मानिस निकाल्ने प्रयास गरिरहेका छन् ।
पूर्वीतटमा आँधी आएपछि १३ हजारभन्दा बढी मानिस बिस्थापित भएका छन् । उनीहरु उच्च स्थानमा भएका आश्रयस्थलतर्फ गएका छन् । भारी वर्षा र हावाहुरीले विद्युत् आपूर्ति अवरुद्ध भएको छ । बाढीपहिरोका कारण गाउँ हिलाम्मे भएका छन् ।मध्य एवं दक्षिण फिलिपिन्समा आइतबार आएको ‘मेगी’ नामक आँधीको गति प्रतिघण्टा ६५ किलोमिटरसम्म थियो ।
प्रकाशित समय : १७:५२ बजे