nmb bank

गृहपृष्ठ सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

यससँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ पुगेको छ । तेजावी सुनको मूल्य पनि १ लाख ४ सय रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १३८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित समय : १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु