nmb bank

गृहपृष्ठ अग्नि ग्रुपले तीन दशक पार गरेको अवसरमा ३० जना विद्यार्थीलाई छात्रवृत्ति

अग्नि ग्रुपले तीन दशक पार गरेको अवसरमा ३० जना विद्यार्थीलाई छात्रवृत्ति

अग्नि ग्रुपले तीन दशक पार गरेको अवसरमा ३० जना विद्यार्थीलाई छात्रवृत्ति

व्यापारिक समूहका रुपमा रहेको अग्नि ग्रुपले सञ्चालनको ३० वर्ष पूरा गरेको छ । ग्रुपले विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो ३०औं वाषिकोत्षव मनाएको हो ।

साे अवसरमा ग्रुपले ३० जना विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरेको छ । ग्रुपले यस वर्ष एसई ई उत्तीर्ण गरेकामध्ये ३० जनालाई उदय छात्रवृत्ति पुरस्कार हस्तान्तरण गरेको हो । कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले कम्पनीका सबै सरोकारवालालाई निरन्तर सहयोग र साझेदारीका लागि धन्यवाद दिए ।

‘अग्नि ग्रुपले सन् १९९१ मा महिन्द्रा युटिलिटी गाडी तथा ट्रयाक्टरको अधिकृत वितरकको रूपमा आफ्नो सञ्चालन आरम्भ गरेको थियो । आज अग्नि ग्रुप अटोमोबाइल्स, स्पेयर्स र सेवाहरूको प्रिमियम बिक्रेता हो र यो मापन र क्षमतामा अतुलनीय छ । देशभरका ७१ भन्दा अधिक डिलर तथा शाखाहरू सहित यसको बृहत नेटवर्क छ । कम्पनीले लजिस्टिकदेखि वित्तीय क्षेत्रसम्मका अन्य उद्यममा विविधीकरण गरेको छ र हाल यस समूहअन्तर्गत १० भन्दा बढी कम्पनीहरू सञ्चालनमा छन्,’ श्रेष्ठले थपे ।

कार्यक्रममा उदय छात्रवृत्ति पुरस्कार हस्तान्तरण पनि गरिएको थियो । कम्पनीले यस वर्ष एसइई उत्तीर्ण गरेका ३० जना विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरेको छ । ‘हरेक वर्ष हामी २५ जना विद्यार्थीलाई पुरस्कार वितरण गर्छौं तर यस वर्ष हामीले ३० जना विद्यार्थीलाई हाम्रो ३० वर्षे उत्सवका लागि छानेका हौं । हामी योग्य विद्यार्थीहरुलाई अवसर प्रदान गर्न प्रतिवद्ध छौं र आगामी दिनमा पनि यो पुरस्कारलाई निरन्तरता दिनेछौं,’ अग्नि ग्रुपका नायब-निर्देशक बरदान बस्नेतले भने ।

अग्नि ग्रुपको सञ्चालक समिति, महिन्द्रा ग्रुपका प्रतिनिधिहरुका साथै खेलकुद, संगीत र चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित समय : २०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु